× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी

    ३ वर्ष पहिले

    मंसिर-२९, नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ।

    क्यानले बुधबार प्रकाशित विज्ञप्तिमा यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो।

    पछिल्लो पटक क्यानको नयाँ वर्गिकरण हुँदा श्रेणी निर्धारणमा गडबड गरेको भन्दै कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल र बलर कमलसिंह ऐरीसमेत चार खेलाडीले आफ्नो असन्तुष्टि सञ्चार माध्यममा सार्वजनिक गरेका थिए।

    यो विषयमा क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट हटाइएको हो।

    क्यानको बुधबार बसेको बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको क्यानले प्रकाशित विज्ञप्तिमा जनाएको छ । क्यानका अनुसार उनिहरुलाई अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

    त्यसैगरी अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।