× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँको विमलनगरमा रक क्लाइम्बिङ महोत्सव हुने

    ३ वर्ष पहिले

    मंसिर-२६, तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने विमलनगरमा रक क्लाइम्बिङ अर्थात् चट्टान आरोहण महोत्सव हुने भएको छ।

    गण्डकी अल्पाइन क्लबले यहिँ पुस ७ देखि १२ गतेसम्म विमलनगरस्थित चुन पहरामा रक क्लाइम्बिङ महोत्सव आयोजनामा गर्न लागेको हो।

    मुग्लिन पोखरा सडकखण्डको बाटो बिस्तारको क्रममा यो चुन पहरा समेत भत्किने भएकोले यस्तो उपयुक्त ठाउँलाई नभत्काइयोस् भनेर जागरण ल्याउनका लागि र त्यस क्षेत्रको वातावरण जोगाउनु पर्छ भन्ने सचेतना फैलाउने उद्देश्यले ‘साहसिक पर्यटनको प्रवर्द्धन गरौं– विमलनगर चुन पहरा जोगाउ’ भन्ने नाराका साथ यस महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

    महोत्सवमा रक क्लाइम्बिङको प्रतिस्पर्धा गराइने भएको छ । जसमा पुरुष र महिला दुई समूहमा विभाजन गरेर खेलाइने छ । यसमा पुरुष र महिलातर्फ प्रथम हुनेले जनही ५० हजार ५ सय रुपैयाँसहित पुरस्कार रहेको आयोजकले जनाएको छ ।