× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतको नागाल्यान्डमा उग्रबादीको आशंकामा सेनाले गोली चलाउँदा १३ सर्वसाधारणको मृत्यु

    ३ वर्ष पहिले

    मंसिर-१९, भारतको नागाल्यान्डमा उग्रबादीको आशंकामा सेनाले गोली चलाउँदा १३ सर्वसाधारणको मृत्यु भएको छ ।

    नागाल्यान्डको ओटिङ इलाकामा शनिबार राति उग्रबादी भएको आशंकामा सेनाले गोली चलाउँदा १३ सर्वसाधारणको मृत्यु भएको हो ।तर आधिकारिक रुपमा कति व्यक्तिको मृत्यु भएको छ भन्नबारे केही बताइएको छैन ।

    अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाए अनुसार कम्तिमा १३ जनाको मृत्यु भएको बताइएको छ । नगा पीपल्स फ्रन्ट पार्टीकोे नेता तथा नागाल्यान्ड राज्यको पूर्व मुख्यमन्त्री टी.आर.जेलियांगले १३ जनाको मृत्यु भएको दाबी गरेका छन् ।

    घटना विवरण अनुसार शनिवार राती कोईलाखानीमा काम गर्ने मजदुर चढेको ट्रक ब्यारेक अगाडि गुड्दै गर्दा उग्रबादीको आशंकामा सेनाले गोलि चलाउदा ६ मजदुरको घटनास्थलमा मृत्यु भएको थियो। तत्पश्चात स्थानीय आदिवासीहरुले ब्यारेक घेर्न जाँदा सेनाले गोली चलाउँदा थप मानवीय क्षति भएको जनाएको छ । सो क्षेत्रमा हाल तनावको स्थिति रहेको जनाएको छ ।

    घटनाप्रति केन्द्रीय गृहमन्त्री तथा राज्यका मुख्यमन्त्रीले दुःख प्रकट गर्दै उच्चस्तरीय जाँचबुझ कमिटी गठन गर्ने बताएका छन् । घटना जाँचबुझका लागि सेनाले कोर्ट अर्फ इन्क्वाएरी गठन गरेको छ ।