× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    शताब्दी पुरूष सत्यमोहन जोशीलाई नेपालको पहिलो इ-पासपोर्ट हस्तान्तरण

    ४ वर्ष पहिले

    मंसिर-१, शताब्दी पुरूष सत्यमोहन जोशीलाई नेपालको पहिलो इ-पासपोर्ट हस्तान्तरण गरिएको छ।

    बुधबार विभागमा आयोजित एक कार्यक्रमबीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।

    आउँदो अंग्रेजी नयाँ वर्षबाट ई–पासपोर्ट प्रचलनमा ल्याइने तयारी अनुसार आजबाट वितरण सु्रु गरिएको हो। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।

    पासपोर्ट ६४ पृष्ठको हुनेछ। पासपोर्टको पहिलो कभर पृष्ठको भित्री पृष्ठमा नेपालको झण्डा र डाँफे राखिन्छ । अन्तिम कभरको भित्री पृष्ठमासमेत सोही हुनेछ। त्यसै पहिलो पृष्ठमा सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहनेछ।

    ई–पासपोर्टमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ। व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक यसमा हुन्छ। कम्प्युटरले सजिलै रिड गर्न सक्ने गरि यो बनाइएको हुन्छ । यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ।