× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ११३ औं लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती

    ३ वर्ष पहिले

    कार्तिक-१८, आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औं जन्मजयन्ती साहित्यिक क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मीपुजाको दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएको देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिनुहुन्छ ।

    वि.सं. २०१६ मा शिक्षामन्त्री हुदा देवकोटाले दशैभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । देवकोटाका मुनामदनसहित, शाकुन्तल, पागल, सुलोचना, कुञ्जिनी लगायत कृति प्रसिद्ध छन् ।