३ वर्ष पहिले
चितवन। नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेशनको सन्दर्भमा चितवन जिल्लाको ७ वटै पालिका स्तरिय अधिबेशन सम्पन्न भई नया नेतृत्व चयन भैसककेका छन। पालिका स्तरको अधिबेशन पश्चात प्रदेश, क्षेत्रिय र जिल्ला अधिबेशनमा बिभिन्न पदहरुमा आफ्नो उम्मेदवारी घोषणा गरेर चुनाबी दौडमा आकांक्षीहरुको लर्को लागेको छ।
चाड पर्ब केहि नभनी मतदाताको रुपमा रहेका वडा सभापति र क्षेत्रिय प्रतिनिधिकहा भोट माग्ने भीड र पार्टी कमिटीद्धाररा हुने सार्बजनिक कार्यक्रमहरुमा हुने बाक्लो उपस्थितिले यतिखेर चितवन जिल्लाको शहर, बजार र टोल छिमेकमा रौनकता छाएको छ। यसै क्रममा चितवन जिल्लाको क्षेत्र नं २ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिबेशन प्रतिनिधि पदमा नेपाली कांग्रेसका युवा नेता एबं प्रखर सामाजिक अभियन्ता श्री राम बहादुर लामाले आफ्नो उम्मेदवारी सामाजिक संजाल मार्फत घोषणा गर्नु भएको छ। चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं ५, मुग्लिङ स्थायी निबासी श्री लामा बिद्यार्थी कालदेखिनै लोकतन्त्रको लागि संघर्ष गरेका जुझारु युवा नेताको रुपमा परिचित हुनुहुन्छ। लेखन सहित भाषण कलामा पनि सिद्धहस्त श्री लामा कार्यकर्ताहरुको सम्मान र संरक्षणको लागि सडक देखि सरकारी कार्यालय र नेताको दैलो सम्म जुध्न र जुटन सक्ने परिश्रमी स्वभाबका जोदाहा युबा नेताको रुपमा परिचित हुनुहुन्छ। २४ बर्षको उमेरमा साबिक दारेचोक गा.बि.स.को पार्टी निर्बाचन देखि क्षेत्रिय अधिबेशन सम्म निर्बाचन कै माध्यमबाट पपुलर मत लिएर २०५३ मा सम्पन्न नेपाली कांग्रेसको नबौ महाधिबेशनमा महासमिति सदस्यमा निर्बाचित भएर नेपाली कांग्रेस पार्टीमै हालसम्म कम उमेरमा महासमितिको सदस्य बनेको कीर्तिमान कायम गर्नु भएको छ। २०६७ सालमा सम्पन्न १२ औ महाधिबेशनमा पनि चितवन क्षेत्र नं २ बाट महासमिति सदस्य बनेका श्री लामा २०५८ सालमा कृष्णलाल सापकोटाको नेतृत्वमा रहेको जिल्ला कार्य समिति र २०६८ सालमा टेक प्रसाद गुरुङको नेतृत्वमा रहेको जिल्ला कार्य समितिमा दुई कार्यकाल सदस्य रही बिशिष्ट योगदान दिईसक्नु भएको छ।
चितवनको पहाडी भेगहरुमा केन्द्रित रही सामाजिक तथा कांग्रेसी राजनीतिमा सक्रियतापूर्बक क्रियाशिल श्री लामा राजनीतिको अलवा शिक्षा, स्वास्थ्य र कृषि बिषयक सामाजिक गतिबिधिहरुमा पनि संलग्न हुनुहुन्छ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनको सदस्य, मुग्लिङ हाईवे हस्पिटलको अध्यक्ष र वान फ्याम्ली वान फार्म ( गरी खाने अभियान ) को संयोजकको रुपमा समेत रही कार्य गर्नु भएको छ। पेशागत रुपमा कृषि उद्यमी र भ्यालु चेन कन्सल्टेन्टको रुपमा संलग्न श्री लामाको उम्मेदवारीले हाम्रा होईन राम्रा कांग्रेसीको खोजीमा लागेका प्रतिनिधिहरुलाई राहत पुगेको देखिन्छ। राष्ट्रिय राजनीतिमा कांग्रेसको अग्रता र जेष्ठतालाई स्थापित गर्न र चितवन जिल्लामा बामपन्थीहरुको बर्चस्वलाई बिस्थापित गर्नका निम्ति सक्रिय र सशक्त रहन मुद्धा, माग र मान्यता (तीन “म” ) मा आधारित बिषय लिएर महाधिबेशन प्रतिनिधिको प्रत्यासी रहेको कुरा युवा नेता श्री लामाले हाईवे समाचारसँग बताउनु भयो। पार्टी पंक्ति देखि बिपक्षीहरु बीच पनि लोकप्रिय लामाको उम्मेदवारी प्रति सर्बत्र चासो पैदा भएको देखिन्छ।