× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    चितवन टाइगर्सले जित्यो एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि

    ३ वर्ष पहिले

    असोज-२३, चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ‌।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि उचालेको हो। चितवनलाई उपाधि दिलाउन भीम सार्कीले ६३, दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरे।

    पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो।

    यसअघि ‍चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पोखरा १७ ओभर पाँच बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो।

    पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

    पोखरालाई सस्तैमा समेट्न चितवनका कमल ऐरीले ४, करिम जनत र सीक्कुगे प्रशन्नाले २–२ तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए।

    पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए।