× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    मनकामना दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढ्यो ।

    ३ वर्ष पहिले


    असोज २३, गोरखा
    गोरखाका पवित्र धार्मिक स्थल मनकामना देवीको दर्शन गर्न आउने दर्शनार्थीहरुको संख्या ह्वात्तै बढेको छ । कोभिडका कारण लामो समय भक्तजनहरुको लागि बन्द गरिएको मन्दिर भदौ २३ गतेबाट खुल्ला गरिएको हो । मन्दिर खुल्ला गरिएसंगै भक्तजनहरुको संख्या उल्लेखनीय मात्रामा बढेको मनकामनाका मन्दिरका मूल पुजारी इन्सान थापाले बताए । नवरात्री शुरु भएपछि झनै दर्शनार्थीहरुको संख्या बढेको पुजारी थापाले हाइवे समाचारलाइ बताउनुभयो ।


    मनकामना दर्शनको लागि विभिन्न मोटरबाटोहरुबाट जान सकिने भएपनि धेरै जसो मनकामना केबुलकारबाट नै जाने गर्दछन् । केबुलकारबाट मात्र दैनिक ३ देखि ४ हजारको संख्यामा मनकामना दर्शनका लागि भक्तजनहरु जाने गरेको मनकामना दर्शन प्रा.लि.का सहायक महाप्रबन्धक उज्वल शेरचनले बताए । मनकामना दर्शनको लागि तनहूको आँबुखैरेनी, मुग्लिन बजार र चेरेसबाट मटरबाटोको प्रयोग गरी दैनिक रुपमा यात्रुहरु मनकामना जाने गरेका छन् । मटरबाटोबाट समय धेरै लाग्ने भएको हुँदा प्राय दर्शनार्थीहरु केबुलकारबाट नै मनकामना दर्शनका

    लागि जाने गरेका छन् ।
    मनकामना दर्शनका लागि भक्तजनहरुको संख्या बढेपछि स्थानीय व्यवसायीहरुपनि केही राहत महशुस गर्न थालेका छन्। कोरोना जोखिमका कारण लामो समय व्यवसाय बन्द रहदा स्थानीय व्यवसायीहरु निकै मारमा परेको र केही व्यवसायीहरु पलायन समेत हुनु परेको मनकामना उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष दिनेश जोशीले बताए । अहिले भक्तजनहरुको चाप बढेपछि स्थानीय व्यवसायीहरुले राहत महशुस गरेको उन्ले बताए ।


    मनले चिताएको इच्छा पुरा गर्ने भगवती देवी भएकोले मन्दिरको नाम मनकामना रहन गएको भन्ने जनविश्वास रही आएको छ। सोही जनविश्वासका कारण मानिसहरु मनकामना देवीलाई सम्झी आफुले चिताएको काम पुरा होस् भनी भाकल गर्ने गर्दछन् र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौ संख्यामा दर्शनार्थीहरु भाकल चढाउन मन्दिर जाने गर्दछन्। मुख्य पुजारीले विहान ७ बजे मन्दिरमा नित्य पुजा गरी पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधनरणहरुको लागि वली र पुजाको लागि खुल्ला गरिन्छ ।