× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फ्रान्सको क्याथोलिक चर्चमा सन् १९५० यता २ लाख १६ हजार बालबालिका यौन शोषणको शिकार भएको खुलासा

    ३ वर्ष पहिले

    असोज-१९,फ्रान्सका क्याथोलिक चर्चमा पादरीहरूले सन् १९५० देखि २०२० सम्ममा २ लाख १६ हजारजना बालबालिकाको यौनशोषण गरेको खुलासा भएको अन्तर्राष्ट्रिय समाचार संस्था विविसीले जनाएको छ ।

    साढे दुई वर्षको अनुसन्धानपछि आज प्रकाशित ऐतिहासिक प्रतिवेदनमा यौन शोषण हुनेमा अधिकांश बालक भएको जनाएको छ ।

    अझ क्याथोलिक विद्यालयहरूका शिक्षकलाई समेत जोड्ने हो भने बालयौन शोषणमा परेका पीडितको संख्या ३ लाख ३० हजारभन्दा बढी हुने जनाएको छ ।

    फ्रान्सको बिशप्स कन्फरेन्सका अध्यक्ष आर्कबिशप एरिक दे मुलाँस–बोफर्टले प्रतिवेदनको निष्कर्षबाट आफू स्तब्ध भएको बताए । ‘म तपाईंहरू सबैसँग माफी माग्न चाहन्छु,’ उनले पत्रकार सम्मेलनमा बताए ।