× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा ४ जना पक्राउ

    ३ वर्ष पहिले

    असोज-१३, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेकाे छ।

    महिलाहरुको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्यबुरलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।

    पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

    चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुर गरेको आरोपमा आज पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।

    उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।