× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अरनिको तथा हेलम्बु राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-२१, गएरातिदेखिको अविरल वर्षाको कारण अरनिको तथा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

    प्रहरीले जनाए अनुसार पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ ।

    सोही खोलाको बाढीका कारण बनेपाकै धनेश्वर पुल आसपास पनि डुवानमा परेको छ । उक्त डुवानका कारण बनेपा पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । पुलबजारमा अवरुद्ध भएपछि सवारी साधनहरूलाई नाला हुँदै भक्तपुरबाट पठाइएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

    मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।

    वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।