× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नागढुङ्गाको चिसापानीमा पहिरो खसेर सडक अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-१४, लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाण्डाैसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

    आज बिहानै साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर दुुईतर्फी नै सडक बन्द भएको प्रहरीले जनाएको छ ।

    आइतबार पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसाे १ बजेदेखि सडक खुलाइएको थियो । काठमाण्डौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौँ यात्रुु आवतजावत गर्ने गर्दछन्।

    सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका बस तथा अन्य गाडीसहितका यात्रु अलपत्र परेका छन् ।