× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वेष्ट इन्डिजमा हुने आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

    ३ वर्ष पहिले

    भदौ-१०,अर्को वर्ष वेष्ट इन्डिजमा हुने आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ ।

    आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द गरि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएसँगै नेपालको यु-१९ विश्वकप खेल्ने सपना माथि तुषारापात भएको हो।

    आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ ।त्यसैले पछिल्लो ५ यु-१९ छनौट प्रतियोगितामा प्राप्त जितका आधारमा आईसीसीले तीन टिमलाई सोझै छनोट गरेको हो ।