× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कास्कीमा थप कडाइ गर्दै भदौ १० गतेसम्म थपियो निषेधाज्ञा

    ३ वर्ष पहिले

    भदौ-३, कास्कीमा कोभिड संक्रमण तीब्र फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले थप कडाइ गर्दै भदौ १० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

    यसअघि होटल, रेष्टुरेण्ट खोल्न दिइएको भएपनि अब यसलाई ठप्प पारिएको छ । तर टेक अवे सेवा भने दिन सकिने छ । होटलले बाहिरबाट आएका पाहुनालाई वेड क्षमताको ५० प्रतिशत मात्रै राख्न अनुमति दिइएको छ । गाडीहरुमा जोरविजोर प्रणाली लागू गरिएको छ । सबै गाडीको ढोकामा स्यानिटाईजर राख्नुपर्ने र मास्क अनिवार्य गरिएको छ ।

    बैंकले सीमित कर्मचारीमात्रै राखेर सेवा दिनुपर्ने छ । विवाह, व्रतबन्ध तथा संस्कारजन्य कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाईने नियम तोकिएको छ । पूर्व निर्धारित विवाहको कार्यक्रममा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै बढीमा १५ जना मात्रै उपस्थित हुन पाउने भएका छन् ।

    सभा, सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम पूर्ण रुपमा निषेध गरिएको छ । विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै शैक्षिक संस्थाको भौतिक पठनपाठन बन्द गरिएको छ । निर्धारित परीक्षा बाहेक अरु परीक्षा लिन नपाईने, मठ, मन्दिर, चर्च, मस्जित, गुम्बा नित्य पुजा बाहेक अरु बन्द छ भने पसलहरु दुई मिटर दुरी कायम गरेर बिहान ५ देखि साँझ ८ बजेसम्म खोल्न मिल्ने नियम तोकिएको छ ।