× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तालिवानको कब्जामा अफगानिस्तान,काबुलको एअर ट्राफिक कन्ट्रोल अमेरिकाले आफ्नो नियन्त्रणमा लिने

    ३ वर्ष पहिले

    साउन-३२, तालिबानले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो ।

    अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी देश छोडेर छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागेसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् ।

    तालिवानका प्रमुख नेताहरु

    अति तीव्र गतिमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । मात्रै १० दिनको अन्तरालमा उनीहरुले देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् ।

    अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा जारी रहेको नेटो सैन्य अभियान अन्त्य गर्ने घोषणासँगै अमेरिकी गुप्तचर निकायले तालिवानले काबुल नियन्त्रण कायम गर्ने प्रयासका लागि कम्तीमा तीन महिना लाग्ने बताएको थियो । तर तालिबानले निकै छिटो आफ्नो प्रभाव कायम गरेका हुन् ।

    तालिवानले काबुल कब्जा गरे संगै आफ्नो दूतावासका कर्मचारी तथा सहयोगीहरुको उद्धारको लागि अमेरिकाले एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिने भएको छ ।

    अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी तथा सहयोगीहरुको जति सक्दो चाँडो उद्धारका लागि गरिएका निर्णयहरु मध्ये एक काबुलमा एअर ट्राफिक कन्ट्रोलको नियन्त्रण लिने रहेको उल्लेख छ ।

    आफ्नो दूतावासका कर्मचारीको उद्धार गर्दै अमेरिकी सैनिक हेलिकप्टर

    अमेरिकाले विमानस्थल सुरक्षाका लागि नेटोको साथमा आफ्ना थप सैनिक पठाएको छ । अहिले झण्डै ६ हजार अमेरिकी सैनिकले विमानस्थलको सुरक्षा गरिरहेका छन् र उनीहरुले नै एअर ट्राफिक कन्ट्रोल नियन्त्रणमा लिने विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

    अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा विशेष भिसाका लागि योग्य भएका अफगान (अमेरिकी सैन्य अभियानको क्रममा सहयोग गरेकाहरु) नागरिकको उद्धारलाई प्राथमिकता दिइने उल्लेख छ । विशेष भिसामा गएको दुई हप्तामा झण्डै दुई हजार मानिस अमेरिका पुगेको पनि उल्लेख छ ।