× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुर महानगरद्वारा ५ सरकारी विद्यालयलाई स्कुल बस प्रदान

    ३ वर्ष पहिले

    साउन-२७, भरतपुर महानगरले महानगरका भित्रका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो ।

    एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई रुट पर्मिट र ईन्सुरेन्ससहित बसको साँचो हस्तान्तरण गरेकी हुन् ।

    सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्यका साथ महानगरले बस सहयोग गरेको महानगर प्रमुख दाहालले बताएकी छन् ।

    अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताए ।

    चालु आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने खतिवडाको भनाई छ । महानगरले यस अघि विद्यार्थीका लागी साइकल हस्तान्तरण समेत गरेको थियो भने विद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरू गरिसकेको खतिवडाले बताए ।