× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फुटबल स्टार मेस्सी पीएसजीमा आबद्ध

    ३ वर्ष पहिले

    साउन-२७, अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ ।

    पेरिसमा मेस्सीको स्वागतमा हजारौं समर्थक

    यसबीच बार्सिलोनाले आइतबार मेस्सीलाई क्लबमा नै राख्न एक विकल्प अघि सारेको चर्चा चलेपनि अ‍ौपचारिक रुपमा भने त्यो प्रस्ताव नआएको बुझिएको छ ‌। बार्सिलोनाले अर्जेन्टिनी क्लब नेवेल्स अ‍ोल्ड ब्वाइजसँग सहकार्य गर्ने चर्चा चलेपनि त्यसमा मेस्सीले इच्छा देखाएनन् ।

    क्लबसँग सम्झौता गरेलगत्तै मेस्सीले पिएसजी आफ्नो लागि उत्तम क्लब रहेको अभिव्यक्ति दिए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक छु । मलाई थाहा छ यहाँका खेलाडी र स्टाफ कति मिहिनेती छन् भन्ने । क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो । म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु,’ उनले भने ।

    क्लबका अध्यक्ष नासेर अल खलिफाले मेस्सीलाई अनुबन्ध पाउँदा निकै खुसी रहेको बताए । ‘ म खुसी छु की मेस्सीले पिएसजी आउने निर्णय गरे । उनी हाम्रो परिवारको हिस्सा बन्नु गौरवको कुरा हो,’ उनले थपे,’मेस्सीले शीर्ष श्रेणीको फुटबलमा उपाधि जित्ने लक्ष्य राखेका थिए । यो हाम्रो क्लबको लक्ष्यसँग मेल खाएर नै सहकार्य भएको हो ।’