

१७ श्रावण २०७८, सोमबार
साउन-१८,बासुदेव-विद्यादेवी लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार-२०७७’ कलाकार किरण केसी ‘रातामकै’ लाई प्रदान गरिने भएको छ।
गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाईसकेका केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरि महामारीका कारण समयमा दिन नसकिएका २०७६ को हास्य व्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गर्ने निर्णय गरिएको छ ।