× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

    ३ वर्ष पहिले

    असार-२४,नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । गएराती ८ बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र जेसिभीले ढुंगा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक संचालन हुन समय लाग्ने छ।

    हिजो दिउँसो ३:१० बजेदेखि दुईतर्फी रुपमा संचालनमा आएको सो सडकखण्डको सेतो दोभानमा पुन पहिरो र ढुङ्गा खसेकोले सडक अवरुद्ध भएको हो । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।