३ वर्ष पहिले
असार-२३,हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या स्थानीय समय अनुसार बुधबार बिहान १:०० बजे गरिएको हो ।
स्पेनि भाषा बोल्ने अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका बताइएको छ । आक्रमणमा परी मोइसकी पत्नी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
‘हाइटीको सुरक्षा स्थिति नियन्त्रणमा छ । पर्याप्त मात्रामा सुरक्षा फौज खटाइएको छ । मुलुकको सुरक्षाका लागि आवश्यक कदम उठाइएको छ,’ हाइटी सरकारले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यद्यपि माइसको हत्याबारेमा थप केही बताइएको छैन ।