× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गड्यौलीबाट हराएको १० दिनमा भण्डारीको शव जंगलमा फेला

    ३ वर्ष पहिले

    चितवन , २० असार। 
    चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ गड्यौलीबाट हराइरहेकी २२ बर्षिय सुजिता भण्डारीको शव फेला परेको छ । उनको शव राप्ती नगरपालिका वडा नम्बर ३ कै ब्रहम्स्थानी सामुदायिक वनभित्र भेटिएको हो ।

    दिउँसो जंगलमा च्याँउ टिप्न गएका स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडेको अवस्थामा एउटा शव भेटिएको र थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए । भण्डारीको परिवारका सदस्यले शव सनाखत गरेको भन्दै शव सुजिताको नै भएको स्थानियले बताएका छन् । खोल्साको झाडीमा भण्डारीको शव भेटिएको हो ।

    ११ गते बिहान साथीको घरमा जान्छु भन्दै निस्केकी भण्डारीले दिउँसो आफ्नो दिदिलाई फोन गरेर आफूलाई कसैले अपहरण गरेको बताएकी दिइन् । त्यस लगतै प्रहरी तथा स्थानियले उनको खोजी कार्य सुरु गरेका थिए ।