× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिराेका कारण मुग्लिङ नारायणगढ सडक अबरुद्ध बनेपछि मुग्लिङमा देखिएकाे सवारी साधनकाे लस्कर ।

    ३ वर्ष पहिले

    असार २०, मुग्लिन ।
    पहिरोका कारण मुग्लिन नारायणगढ सडक खण्ड पुनः अबरुद्ध बनेको छ । राति १२ बजे सेती दोभानका झरेको पहिरोका कारण राजमार्ग दुइ तर्फी नै अबरुद्ध भएको हो । सेती दोभानमा झरेको पहिरो ३ वटा मेसिनको प्रयोग गरी पहिरो हटाउने काम भइरहेको र पहिरो हटाउन अझै दुइ घण्टा लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालय मुग्लिनले हाइवे समाचार डटकमलाई जानकारी दिएको छ । यता चारकिलोमा भने हिजोदेखि एकतर्फी मात्र बाटो खुलाइएकोमा अहिले पहिरो सबै हाटइ दुइ तर्फी नै सञ्चालनमा आएको छ ।