× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सडकमा ठुलो ढुङ्गा खसेपछि मु–ना सडक एकतर्फी मात्र सञ्चालन

    ३ वर्ष पहिले

    असार १७, चितवन
    अविरल वर्षाका कारण विभिन्न ठाउमा झरेको पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक अहिले एकतर्फी मात्र सञ्चालनमा रहेको छ । गएराति २ बजे देखि अबरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरको प्रयोग गरी बेलुकी ७ बजे दुवै तर्फ सवारी आवागमन गराइएको थियो । सवारी आवागमन भएको केही समय नवित्दै भरतपुर महानगरपालिका वडा नं. २९ अन्तरगत १४ किलोमा ठुलो ढुङ्गा सहित खसेको पहिरोको कारण राजमार्ग पुनः अबरुद्ध बन्न पुगेको थियो । पहिरो संगै आएको ठुलो ढुङ्गाले सडकमा खाल्डो बनाएको हुँदा अहिले खाल्डो पारेको भागमा ग्राबेल हालेर एकतर्फी बाटो सञ्चालनमा ल्याएको र भोली ब्रेकेरको प्रयोग गरी ढुङ्गा हटाइ दुइतर्फी नै राजमार्ग सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।