× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्व विजेता फ्रान्स र उपविजेता क्रोएसिया यूरो कपबाट बाहिरिए

    ३ वर्ष पहिले

    असार-१५,यूरो कप २०२० अन्तर्गत सोमबार राति खेलिएका दुई रोमाञ्चक खेलबाट विश्व विजेता फ्रान्स र उपविजेता क्रोएसिया यूरो कपबाट बाहिरिएको छ ।

    सोमबार राति खेलिएको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ५-३ अन्तरले हरायो भने दोस्रो खेलको ट्राई ब्रेकर मा स्विट्जरल्यान्डले फ्रान्सलाई स्तब्ध पार्यो ।

    यूरो कप २०२० को उपाधि दावेदारको रूपमा रहेको फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड यूरोकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

    पेनाल्टीमा फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्ने सफल भयो ।

    त्यसअघि सोमबार राति खेलिएको पहिलो खेलमा विश्वकप उपविजेता क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै स्पेन यूरो कप- २०२० को क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

    निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयको ३० मिनेटको खेलमा स्पेनका अल्भारो मोराटा र मिकेल ओयारजाबलले एक-एक गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित बनाए ।