× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा १ जनाको मृत्यु, ९९ जना बेपत्ता

    ३ वर्ष पहिले

    असार-११,संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मायामी सहरमा एउटा १२ तले भवन बिहीवार भत्किँदा एकजनाको मृत्यु भएको छ भने ९९ जना मानिसहरू बेपत्ता भएका छन्।

    बेपत्ता भएका हरु मध्ये कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका जनाएको छन्।

    सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो।भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो ।

    भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ।