× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्रिय कविता प्रतियोगिता-०७८ मा भोजपुरकी ‘कविता राई’ प्रथम

    ३ वर्ष पहिले

    असार-९, नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्। 

    बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ। 

    त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय भएका छन्। 

    प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्ययका अनुसार द्वितीय स्मृति धादिङकी हुन् भने तृतीय भएका बराल, चन्द र सिलवाल क्रमस ताप्लेजुङ, बर्दिया र नुवाकोटका हुन्। 

    कोरोना महामारीका कारण प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट कविता महोत्सव गरेको हो।

    प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०-३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ। 

    कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो  महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए। 

    प्रतिष्ठानका  प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले  महोत्सवमा  ७६४  जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि  ४१  कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए। जसमध्ये भुटानबाट भानु ढुंगाना कविता वाचनमा सहभागी भएनन् ।