× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    नाफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री

    ३ वर्ष पहिले

    जेठ-३१, इजरायलको नयाँ प्रधानमन्त्रीको रूपमा दक्षिणपन्थी यामिना पार्टीका नाफ्ताली बेनेट प्रधानमन्त्री बनेका छन्।

    आइतबार इजरायली संसद्ले वर्तमान प्रधानमन्त्री नेतान्याहू विरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने ५९ को विरुद्ध ६० मतले प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन भएको हो।

    १२ वर्ष लामो समय सत्तामा शक्ति जमाएका प्रधानमन्त्री बिदा हुने भएसँगै नयाँ प्रधानमन्त्रीको रूपमा नाफ्ताली बेनेट बनेका छन् ।

    गठबन्धनले हालै गरेको सहमति अनुसार इजरायली सांसद् मा रहेको १२० सिटमा जम्मा ६ सिट जितेका यामिना पार्टीका नेता बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्न पाउनेछन्। त्यसपछि भने उनले येस अतीर पार्टीका याइर लापिडलाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ।