× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन उद्योग बाणिज्य संघद्धारा आइसोलेसन निर्माणार्थ मुग्लिन हाइवे हस्पिटललाई स्वास्थ्य सामग्री हस्तान्तरण ।

    ३ वर्ष पहिले

    जेष्ठ २२, मुग्लिन ।
    मुनाफरहित सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाईवे हस्पिटललाई चितवन उद्योग वाणिज्य संघद्धारा ५ वटा वेड सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    कोभिड विरामीहरुको लागि ५० बेडको आइसोलेसन तथा गरिब तथा पिछडीएका वर्गहरुको लागि निशुल्क उपचारार्थ स्वास्थ्य सुरक्षाका अत्याबश्यक सामग्रीहरु चितवन उद्योग बाणिज्य संघ नारायणगढका अध्यक्ष राजु श्रेष्ठले एक कार्यक्रमको विच हस्पिटललाई हस्तान्तरण गरेका हो ।

    कोभिड बिरामीलाई आईसोलेनस संगै निशुल्क विरामीहरुको उपचार सेवा दिरहेको यस हस्पिटललाई ५ थान मेडिकल बेड, सेनिटाईजर ५ जार, अक्सिमीटर ५ थान, सर्जिकल ग्लोब्स २५०० पिस, सर्जिकल मास्क २५० थान प्रदान गरेको हो । हस्तान्तरण कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, द्धितिय उपाध्यक्ष चिरञ्जिबी सुबेदी, सदस्य बिकास थापा, सिरिष पन्त, लील बहादुर क्षेत्री र मुक्ति कुमार श्रेष्ठको उपस्थिति रहेका थिए ।

    हस्पिटलमा अहिले १० बेडको आइसोलेसन सञ्चालन भइरहेको र थप ४० बेडको लागि तयारी भइरहेको हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनुभयो । यस हस्पिटलले दैनिक १० देखि १५ जनाको संख्यामा एन्टिजेन विधिबाट कोभिडको निशुल्क टेष्ट गर्दै आएको र २ जना कोभिड पोजेटिभ हस्पिटलको आइसोलेसनमा रहेको अध्यक्ष लामाले बताउनुभयो ।