× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चर्चित कोरियोग्राफर सरु रानाले मुग्लिङ हाईवे हस्पिटलको लागि अचार बेचेर सहयोग जुटाउदै ।

    ३ वर्ष पहिले

    जेष्ठ २०, मुग्लिङ । नेपाली गुरुङ भाषी चलचित्रको पहिलो नायिका सरु गुरुङले मुग्लिन हाइवे हस्पिटललाई आर्थिक सहयोग जुटाउन युकेमा अभियानमा चलाएकी छिन् । मुग्लिनका चेली उन्ले गुरुङ भाषामा बनेको पहिलो नेपाली चलचित्र पातेमा नायिकाको रुपमा आफ्नो कलाकारिता सुभारम्भ गरेकी थिइन् ।

    उनी हाल बेलायतमा म्यूजिक भिडियो र सांस्कृतिक ईभेन्टहरुमा नृत्य निर्देशन कार्यमा सक्रिय हुनुका साथै मगर संघ यूकेको सांस्कृतिक सचिवको रुपमा रहेर विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहदै आएकी छिन् । उन्ले मुग्लिङ हाईवे हस्पिटलले संचालनमा ल्याएको कोभिड बिरामी लक्षित आईसोलेसन वार्डको संचालन र निशुल्क विरामीहरुको उपचारार्थ आफूले घरमै बनाएको अचार बेचेर बेलायतमा आर्थिक सहयोग अभियान सञ्चालन गरेको उन्ले सामाजिक सञ्जालमार्फत बताएकी छिन् । नायिका गुरुङले आफ्ना प्रशंसक, शुभचिन्तक र ईष्टमित्रहरुलाई आफूले घरमै बनाएको अचार विक्रीबाट आएको रकम शतप्रतिशत मुग्लिङ हाईवे हस्पिटललाई प्रदान गर्ने योजना स्वरुप यो अभियान चलाएको बताइन् ।

    २ दिन सम्म सञ्चालन गरिने यस अभियानबाट जम्मा भएको रकम मुग्लिन हाइवे हस्पिटललाई प्रदान गरिने मुग्लिनमा रहेका उन्का दाजु किशोर गुरुङले बताउनुभयो । हस्पिटलले ५० बेड अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनार्थ “सक्नेले गरौ तर सबैले केही न केही गरौ” भन्ने नाराका साथ आर्थिक संकलन अभियान सञ्चालन गर्दै आएको छ ।