× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गा.पा. उपाध्यक्षद्धारा सञ्चालित जनताको निशुल्क एम्बुलेन्स चालकद्वयलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग ।

    ३ वर्ष पहिले


    जेष्ठ १६, मुग्लिन ।
    ईच्छाकामना गाउँपालिका उपाध्यक्ष कीर्ति कुमार श्रेष्ठले आफूले सुबिधामा प्रयोग गरीरहेको सवारी साधन जीपलाई कोभिड महामारीको यस बिषम परिस्थितिमा बिरामी ओसार–पसार गर्नको लागि निशुल्क प्रयोग गर्न दिने गरी जनताको एम्बुलेन्सको रुपमा संचालन गरिरहेको छ । दोस्रो चरणको लकडाउन शुरु भएसंगै २ जना चालक राखेर उपाध्यक्ष श्रेष्ठले गाउपलिका भित्रका विरामीहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना पहाडी भू–बनोटको कारणले चितवनको कर्णालीको रुपमा समेत परिचत छ । बहुसंख्यक जनजाति र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको यस पालिकामा निषेधाज्ञा अबधिभर बिरामीलाई निशुल्क २४ घण्टा नै सुबिधा दिईरहेको जनताको एम्बुलेन्स सेवा संचालनको क्रममा दिनरात खटिरहेका चालकद्धय वसिर हुसैन र प्रेम गुरुङलाई मुग्लिङ हाईवे हस्पिटलका टिमले ब्यक्तिगत रुपमा जनही ५०० रुपैया उठाई पाँच हजार रुपिया प्रोत्साहन स्वरुप सहयोग गरेको अध्यक्ष राम बहादुर लामाले बताउनुभयो । हस्पिटलका टिम मेम्बर्सको उपस्थितिमा सम्पन्न एक संक्षिप्त समारोहका बीच चालकद्धयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । यसैगरी समाजसेवी एवं नेपाली कांग्रेस चितवन जिल्लाका आमन्त्रित सदस्य बिष्णु कुँवरले समेत ब्यक्तिगत रुपमा एम्बुलेन्स चालकद्धयलाई ३ हजार १ सय रुपिया हस्तान्तरण गरेका छन् । एम्बुलेन्स चालकद्धयले दिनरान नभनी कोभिड विरामीहरुको उद्धारमा लागेको कामलाई सम्मान गरेकोमा मुग्लिन हाइवे हस्पिटल टिमलाई धन्यवाद दिदै यसले आफुहरुलाई उर्जा मिल्ने बताए ।