× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनबाट सगरमाथा आरोहण गर्न लागेका गुरुङ्गको गाउपालिकाद्वारा विदाई

    ४ वर्ष पहिले

    चैत्र २२, मुग्लिन । “सिराइचुली देखि सगरमाथा सम्म” भन्ने मूल नाराका साथ चितवनको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका मुग्निलका एक युृवालाई आइतबार विदाइ गरिएको छ ।


    विश्वको सर्वोच्च शिखर सगरमाथामा चितवनको विभिन्न पर्यटकीय स्थल अंकित लोगो फहराउने उद्देश्यका साथ इच्छाकामना गाउँपालिका वडा नं. ५ का कुमार गुरुङ्गलाई गाउँपालिकाले एक कार्यक्रमको विच विदाई गरिएको हो ।


    सामुद्रिक सतहदेखि १ हजार ९ सय ४५ मिटर उचाइमा रहेका चितवनको सबैभन्दा अग्लो भुमीे सिराइचुलीमा पुगेर शनिबार सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृति कुमार श्रेष्ठले बताउनुभयो ।


    इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ्गले सगरमाथा आरोहण गर्न लागेका कुमार गुरुङ्गलाई ३ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोण गर्न लागेकामा खुसी ब्यक्त गर्नुहुदै आरोहण सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

    कोभिड १९ महामारीको जोखिम बीच चितवन जिल्लाबाट पनि आरोहण को अभियान सञ्चालन हुनुले समग्र चितवनको पर्यटन प्रवर्द्धन हुने आरोहणका प्रचार प्रसार संयोजक कुमार श्रेष्ठले बताउनुभयो ।

    श्रेष्ठका अनुसार बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफालाई सगरमाथा आरोहणको तयारी गर्ने नेपालस्थित सेभेन समिट ट्रेक मार्फत नै कुमार गुरुङको पनि आहरोणको तयारी भएकोले पनि चितवन को पर्यटन प्रवर्धन त्यसमा पनि इच्छाकामना गाउँपालिका भित्रको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिइएको छ ।

    सगरमाथा चढ्न ३० लाख भन्दा बढी लाग्ने भएकोले आफुहरुले अभियान चलाएर आर्थिक संकलन गरेको अभियानका आर्थिक संयोजक राजेन्द्र लामाले बताउनुभयो । अहिले सम्म विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट झण्डै ५ लाख रुपैया सहयोग जुटेको लामाले बताउनुभयो ।

    यसअघि आरोही गुरुङले स्वीडेन मा रहेको ५ हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकोलेपनि मौसमले साथ दिए अप्रिल महिनाको अन्तिममा सगरमाथाको सफल आरोहण गरिसक्ने लामाले बताएका छन् ।