× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    म्यानमारमा प्रदर्शनकारीमाथिको प्रहरीले गोली चलाउँदा कम्तिमा ३८ जनाको मृत्यु

    १९ फाल्गुन २०७७, बिहीबार

    १९ फाल्गुन २०७७, बिहीबार

    फागुन-२०, म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा बुधबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ।

    संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ ।

    म्यानमारमा सैन्य ‘कू’काे विराेधमा दिनहुँ प्रदर्शन भइरहेको छ ।हालसम्ममा प्रहरीको गोली लागेर पचासभन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको जनाइएको छ ।

    यस विषयमा सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।