× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    त्रिवेणी युवा क्लबले जग्गा दिएपछि मुग्लिनमा ट्राफिक भवन बन्ने भएको छ ।

    ३ वर्ष पहिले

    फाल्गुण ५, मुग्लिन । मुग्लिन बजारमा ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण हुने भएको छ । गण्डकी प्रदेश र बाग्मति प्रदेश जोड्ने मुग्लिन पुलको नजिकै सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । मंगलबार एक कार्यक्रमकोबीच निर्माण हुन लागेको भवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ्गले शिलन्यास गरेका हुन् । त्रिवेणी युवा क्लब मुग्लिनले ट्राफिक प्रहरीको भवन निर्माणको लागि आफ्नो संरक्षणमा रहेको ५ आना क्षेत्रफलको जग्गा सहयोग गरेपछि उक्त स्थानमा भवन निर्माण हुने भएको हो । भवन निर्माणको लागि स्थानीय सरकारद्धारा पाचलाख रुपैया सहयोग प्रदान भएको छ ।

    ट्राफिक प्रहरी मुग्लिनले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय भुमीका निमार्वह गर्दै आएकोमा प्रसंशा व्यक्त गर्नुहुदै प्रमुख अतिथि गाउपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गले भवन निर्माणका लागि गाउपालिकाले थप सहयोग गर्ने बताउनुभयो ।

    स्थापाना भएदेखि नै घर भाडामा लिएर मुग्लिन नारयाणगढ सडक खण्डको रिग्दी खोला र पृथ्वी राजमार्ग अन्तरगत धादिङ्गको सिमाना मौवा खोला सम्म करिब २५ किलोमिटर राजमार्गको ट्राफिक व्यवस्थापन गर्दैै आएको छ ।

    भवन निर्माणका लागि केन्द्र, प्रदेश, स्थानीय सरकार तथा विभिन्न संघ संस्थाहरुबाट सहयोग जुटाइ ट्राफिक प्रहरीको लागि सुविधा सम्पन्न भवन निर्माण गरिने भवन निर्माण समितिका संयोजक सावित्री पुडासैनीले बताउनुभयो ।

    शिलान्यास कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट भवन निर्माणको लागि करिब ८० हजार बराबरको नगद तथा जिन्सी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा जग्गा उपलब्ध गराउने त्रिवेणी युवा क्लबका अध्यक्ष मुक्ति कुमार श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    ट्राफिक प्रहरी कार्यालय मुग्लिनको भवन शिलन्यास कार्यक्रममा बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी शान्तिराज कोइराला, चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट, इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिका वडा नं. ५ का अध्यक्ष मोदराज सिलवाल, त्रिवेणी युवा क्लबका सचिव कुमार श्रेष्ठ लगाएतले मन्तब्य राखेका थिए ।

    भवन निर्माण समितिका सह–सचिव राजेन्द्र त्रिपाठीले स्वागत मन्तब्य राखेका थिए भने सचिव विष्णु कुँबरले कार्यक्रम सञ्चालन गरेका थिए ।