× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाइते ।

    ३ वर्ष पहिले


    माघ १७, मुग्लिन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । शनिबार राति करिब ११ः२५ बजेको समयमा काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकले विपरित दिशातर्फ जादै गरेको बा ६२ प ३१५० नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मुग्लिनले प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइेत हुनेमा इच्छाकामना गाउपालिका वडा नं. ३ फिस्लिङ बजारका वर्ष २५ को अर्जुन श्रेष्ठ रहेका छन् । उन्को उपचारको लागि वि एण्ड वि हस्पिटल काठमाण्डौ लगिएको छ भने ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।
    त्यस्तै मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत ९ किलो भन्ने स्थानमा मुग्लिन तर्फ आउदै गरेको ना ४ ख ९४१९ नम्बरको ट्याङ्कर सडकमा पल्टदा राजमार्ग एकतर्फी बनेको छ ।