× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.९१ प्रतिशत

    ४ वर्ष पहिले

    माघ- ९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ४५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ३५ हजार ३ सय १ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय ८० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.९१ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १४ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ सय ५८ जना रहेको छ ।