× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रचण्ड–माधव समूहको आज शक्ति प्रदर्शन, एक लाख बढी कार्यकर्ता उतार्ने दाबी

    ४ वर्ष पहिले

    काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार राजधानीमा एकलाख मानिस उतार्ने दाबी गरेका छ ।

    संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने भनिएको प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय संघर्ष समितले जनाएको छ । संघर्ष समितिद्वारा बिहिबार जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।

    प्रदर्शनलाई भव्य र व्यवस्थित बनाउन निर्देशिका नै जारी गरिएको छ । केन्द्रीय संघर्ष समितिको संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सात बूँदे निर्देशिका जारी गरेका हुन ।

    निर्देशिकामा प्रत्येक प्रदेश, जिल्ला, जनवर्गीय संगठन र मोर्चा संगठनहरुले प्रदर्शनमा सहभागिता जनाउने भनेको संख्यामा नघटाउनेगरी अनिवार्य उपस्थिति गराउन निर्देशन दिइएको छ ।

    जारी निर्देशिकामा हरेक संगठनले सहभागीहरुको सवारी साधन नम्बर,संख्या तथा सहभागीको नाम, ठेगाना र फोन नम्बरसहितको कूल संख्या बुझाउनु पर्ने बताइएको छ। सार्वजनिक सवारी साधनमार्फत आउनेको सूची पनि बुझाउन भनिएको छ।

    साथै बिहान पौने ११ बजे तोकिएको आर्कमा आइपुग्न पनि भनिएको छ। उपत्यकाका १० वटा स्थानलाई मुख्य आर्कका रुपमा निर्देशन दिइएको छ । जसमा केन्द्रदेखि विभिन्न तहका नेताहरुले मुख्यत व नेतृत्व सम्हाल्नेछन् ।