× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.८ प्रतिशत

    ४ वर्ष पहिले

    माघ ४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख १२ हजार ४ सय ५२ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय १९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ८२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ५७ जना र भेन्टिलेटरमा ३९ जनाको उपचार भईरहेको छ ।