× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    एनएसजेएफ स्पोर्ट्स अवार्डमा मन्डेकाजी र गौरिका उत्कृष्ट खेलाडी

    ४ वर्ष पहिले

    काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा मन्डेकाजी श्रेष्ठ र गौरिका सिंह उत्कृष्ट खेलाडी भएका छन् । १३औं सागमा करातेमा २ स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी भए भने १३औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन् ।

    साफ कराते च्याम्पियनसिपमा श्रेष्ठले स्वर्ण जितेका थिए । यो विधामा एथ्लेटिक्सका गोपीचन्द पार्की, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका थिए ।

    गौरिकाको नाममा १७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान समेत रहेको छ । गौरिकाले १७औ सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्यसहित कुल ९ पटक जितेकी थिइन् ।

    यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

    गत वर्ष २ ठूला ऐतिहासिक उपलब्धि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीले टिम अफ दि इयर विधामा पल्सर स्पोर्ट्स अवार्ड जितेको छ ।

    कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्णपदक जितेको नेपाली टोलीले पहिलो पटक स्वर्ण स्वदेश भित्र्याएको थियो ।

    तेक्वान्दोकी दोहोरो स्वर्णपदक विजेता आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको स्पेसल अवार्डबाट सम्मानित भएका छन् ।

    पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङले पारा एथलेट अवार्ड प्राप्त गरेका छन् ।

    पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा चेम्जोङ सम्मानित भएका हुन् । ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यवसायिक नेपाली पारा खेलाडी बनेका छन् ।

    टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्री पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

    तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

    घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागका दोहोरो स्वर्ण पदक विजेता गल्फका सुवास तामाङ एनएसजेएफ पल्सर स्र्पोर्टस् अवार्डको वर्ष युवा खेलाडी बनेका छन् ।

    समारोहमा मलेसियाका खेल पत्रकार अहमद खवारी महमद इसालाई पनि सम्मान गरिएको थियो ।