× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रदेश सांसद माननीय श्रीमती गीता वाग्लेद्धारा हस्पिटलको निरीक्षण।

    ४ वर्ष पहिले


    पौष २८, मुग्लिङ। बागमती प्रदेशका सांसद माननीय श्रीमति गीता वाग्लेले इच्छाकामना गापा वडा नं ५, मुग्लिङ चितवनमा संचालित मुग्लिङ हाईवे हस्पिटलको निरीक्षण गरी हस्पिटलले प्रवाह गरेको सेवा तथा सुबिधाका सम्बन्धमा जानकारी लिनु भएको छ ।

    नेपालकै सर्बाधिक सडक दुर्घटना हुने नौबिसे मुग्लिङ र मुग्लिङ नारायणगढ सडक खण्डको मुग्लिङ बजारमा संचालित मुग्लिङ हाईवे हस्पिटलले राजमार्गमा दैनिक जसो हुने सडक दुर्घटनाका कारण घाईते भएकाहरुको उपचारमा आकस्मिक सेवा पुरयाईनुका साथै चितवनको इच्छाकामना गाउँपालिका, गोर्खाको शहिद लखन र गण्डकी गाउँपालिका, तनहूँको आबुखैरेनी गाउँपालिका र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय समुदायहरुलाई प्रत्यक्ष लाभ पुरयाएको कुरा सो हस्पिटलका मेडिकल अफिसर डा आनन्द प्रसाद आचार्यले जानकारी दिनु भयो।

    बिशुद्ध सेवामुखी गैर मुनाफामुलक संस्थाद्धारा संचालिय १५ शैयाको मुग्लिङ हाईवे हस्पिटलमा माईनर अप्रेसनका साथ भिडियो एक्सेर, एक्सरे, ल्याब, डेन्टल, फार्मेसी सहित २४ घण्टा ईमर्जेन्सी सेवा प्रदान गरीरहेका छन्। निरीक्षणको क्रममा सांसद वाग्लेले हस्पिटलका पदाधिकारी र कर्मचारीहरुसँग पनि भेट गरी बिचार आदान प्रदान समेत गरेका छन् ।

    यस हस्पिटलले टियू टिचिङ हस्पिटलको साँझेदारीमा टेलिमेडिसिन सेवा समेत प्रदान गरेको छ। मेडिकल अफिसर सहित १३ जना स्वास्थ्यकर्मीहरुको टिमद्धारा सेवा प्रवाह भईरहेको मुग्लिङ हाईवे हस्पिटलको सेवा बिस्तार तथा विकासमा आफ्नो ब्यक्तिगत तथा प्रदेश सरकारको तर्फबाट पूर्ण साथ रहने विश्वास सांसद वाग्लेले निरीक्षणको क्रममा बताएका छन् ।