× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.६ प्रतिशत

    ४ वर्ष पहिले

    पौष २६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ८२ हजार २ सय ४६ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार १ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय ४३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ५७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९१ जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भईरहेको छ ।