× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अदालतले संसद विघटनलाई सदर गरे कांग्रेस चुनावमा जान्छ -सभापति देउवा

    ४ वर्ष पहिले

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संसद विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको बताएका छन् । संसद विघटनको विरोधमा शनिबार काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले अदालतले चुनाव गराउने निर्णय गरेको खण्डमा सबैले भाग लिने भन्दै भने, “प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।”

    ‘प्रतिनिधिसभा विघटनको मुद्दाबारे हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतलाई यसो गर उसो गर भन्‍नु हुँदैनु, उनले भने, अदालतको निर्णय कांग्रेसले मान्छ। वैशाखमा होस् कि दुई वर्षपछि होस् चुनावमै जाने हो। यदि हुन्छ भने चुनावको तयारी थाल्नुपर्छ।

    सभापति देउवाले आगामी वैशाखमा चुनाव नगराए प्रधानमन्त्री ओलीलाई देशमा बस्नै गाह्रो हुने पनि टिप्पणी गरे। यदि तोकिएको मिति वैशाखमै चुनाव गराएनन् भने प्रधानमन्त्री ओलीलाई नेपालीहरुले नेपालमा बस्‍न नदिने अवस्था बनाउँछन्, उनले भने, चुनावमा कसैले पनि कुनै किसिमको बहाना गरेर टार्न मिल्दैन।’