× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.२ प्रतिशत

    ४ वर्ष पहिले

    पौष १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

    २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ४८ हजार ५ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ९ सय ६६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय २१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६ सय ३७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ६७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९९ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भईरहेको छ ।