× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६.८ प्रतिशत

    ४ वर्ष पहिले

    पौष १२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ८ सय २८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १९ लाख ९ हजार ६ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ९३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ४ सय १६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६.८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय २५ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ६९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ३५ जना र भेन्टिलेटरमा ५३ जनाको उपचार भईरहेको छ ।