× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने पक्राउ

    ४ वर्ष पहिले

    ८ पुस, विभिन्न समयमा ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    शेन्सेगाइ कन्सलट्यान्सी बागबजार काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तममानले विभिन्न समयमा कोरियन भाषाको ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको खुल्न आएको छ ।

    विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ ।