× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८३० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.८९ प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

    २४ घण्टामा ५ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ३१ हजार ४१ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार ६ सय ३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ५ सय जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.८९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ९ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय १६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ९४ जना र भेन्टिलेटरमा ५२ जनाको उपचार भईरहेको छ ।