× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९४.६० प्रतिशत

    ४ वर्ष पहिले

    मंसिर २७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ९९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

    २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख २५ हजार ८ सय ६० जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९४.६० रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप १५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय १९ जना रहेको छ ।