× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतमा किसान आन्दोलन चर्किंदै,आज भारत बन्द

    ४ वर्ष पहिले

    मंसिर-२३, आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्।

    आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्।

    किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।’

    उनका अनुसार आज दूध-सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ। तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने रोकिने छैन।

    यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन्। सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए।

    सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।

    सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।

    सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ। सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर कानुन नै खारेज गर्नुपर्ने माग अहिलेसम्म कतैबाट आएको छैन। एजेन्सी