× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मु–ना सडक खण्डमा बस र ट्रक ठोक्कियो, ४ को अवस्था गम्भीर ।

    ४ वर्ष पहिले


    मंसिर २२, चितवन ।
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको भ.म.न.पा. २९ भोर्लेमा बस र भारतीय ट्रक ठक्कर खादा ४ जना गम्भीर घाइते भएका छन् ।

    आज विहान करिब ६ बजे धरानबाट काठमाण्डौ आउदै गरेको ना ४ ख ८०६० नम्बरको बस र विपरित दिशाबाट जादै गरेको NL01Q 3694 को भारतीय ट्रक अनियन्त्रीत भई ठक्कर खादा बसमा सवार १० जना भन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    घाइतेहरुको उद्धारपछि उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएको छ भने दुर्घटना पछि अबरुद्ध बन्न पुगेको मुग्लिन नारयणगढ सडक खण्ड खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।