× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०९६ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।

    २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ६१ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ६ सय १६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९३.७ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय ३६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय १३ जना र भेन्टिलेटरमा ५५ जनाको उपचार भईरहेको छ ।