× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना भाइरस संक्रमित थपिए,थप १३ जनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर १८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।
    २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ६३ हजार ९ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९२.७१ रहेको छ ।
    मन्त्रालयका अनुसार कोरोनाबाट थप १३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७६ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ५ सय ७६ जना रहेको छ ।